images
images

दोलखामा तस्करी बढेपनि सिमा नाकामा गरिदैन गाडीको ‘इन्ट्रि’, प्रहरीसँग छैन विवरण

  • १ कार्तिक २०८०, बुधबार १८:५५

दोलखा । दोलखामा प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुख फेरिएपछि जिल्ला भित्रिने सवारी साधनको ‘इन्ट्री’ हुन छोडेको छ ।

जिल्ला भित्रिने नाका तथा जिल्लाभित्रका बिभिन्न प्रहरी युनिटमा सवारीका साधनहरुको नियमित इन्ट्री गर्ने गरिएकोमा सो कार्य लामो समयदेखि बन्द भएको हो । काठमाडौंबाट जिल्ला भित्रिने खरिढुंगा नाका, चरिकोटको सातदोबाटो पोष्ट रामेछाप हुँदै भित्रिने किर्ने नाका र पर्यटकीय नगरी जिरीमा समेत सवारीका साधनको इन्ट्री सहितको विवरण राख्ने गरिएको थियो । चरिकोट र जिरीमा दोलखा भ्रमणमा आउने विदेशी नागरिकहरुको विवरण समेत राखिने गरेकोमा अहिले सवै इन्ट्रीका कामहरु बन्द भएका छन् । दोलखाको प्रहरी प्रमुखमा प्रहरी नायव उपरिक्षक (डिएसपी) दिपक खड्का १० महिना अघि सरुवा भएर आय यता इन्ट्रिको काम रोकिएको हो । जसका कारण दोलखामा भित्रिने सवारीका साधनको यकिन विवरण र भ्रमणमा आउने विदेशी नागरिकका बारेमा जानकारी पाउन कठिन भएको छ ।

दोलखामा प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुख फेरिएपछि जिल्ला भित्रिने सवारी साधनको ‘इन्ट्री’ हुन छोडेको छ । जिल्ला भित्रिने नाका तथा जिल्लाभित्रका बिभिन्न प्रहरी युनिटमा सवारीका साधनहरुको नियमित इन्ट्री गर्ने गरिएकोमा सो कार्य लामो समयदेखि बन्द भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दोलखासँग हामीले दुई दिनदेखि जिल्ला भित्रिने सवारीका साधनको विवरण माग गर्दा गैरजिम्मेवार जवाफ दिएका छन् । सामान्यतया हरेक जिल्लाले आफ्नो सिमा नाका र सदरमुकामको प्रहरी युनिटमा सवारीका साधनको इन्ट्रि गराउने गरेका छन् । इन्ट्रि नहुँदा पर्यटकीय जिल्ला दोलखाको भ्रमणमा आउने विदेशी पर्यटकहरुको विवरण समेत पाउन कठिन छ ।

यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग जिल्ला भित्रिने सवारीका साधनको अपटेड विवरण हुने गरे पनि अहिले विवरण पाउन मुश्किल भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको प्रमुखमा प्रहरी नायव निरिक्षक (सई) देवकुमार घिसिङ आएपछि जिल्ला भित्रिने र बाहिरिने सवारी साधनको इन्ट्री हुन छाडेको छ । विवरण अपटेड हुन छाडेपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले समेत सूचना दिन आनाकानी गर्न थालेका छन् । जिल्ला प्रहरी प्रवक्ताले ट्राफिक प्रमुखलाई देखाउने र ट्राफिक प्रमुखले खरिढुंगा र किर्ने नाकाको चौकीका इन्चार्जलाई देखाएर पन्छिने गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय दोलखासँग हामीले दुई दिनदेखि जिल्ला भित्रिने सवारीका साधनको विवरण माग गर्दा गैरजिम्मेवार जवाफ दिएका छन् । ट्राफिक प्रमुख घिसिङले खरिढुंगामा रेकर्ड हुने भएकाले त्यही तथ्यांक माग्न भनेका छन् भने दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक, धर्मेशकुमार यादवले ‘ड्युटीमा जो हुन्छ उसैले इन्ट्री गराउँछ । त्यसको डाटा त्यही लिनुस्’ भन्ने गैर जिम्मेवार जवाफ दिएका छन् । यो घटनाले दशैं सुरु भए यता दोलखामा कति सवारीका साधन प्रवेश भए र कति बाहिरिए भन्ने विवरण दोलखा प्रहरीसँग नभएको पुष्टि भएको छ । भाडाका सवारीका साधन संचालन गर्दैै आएका चालकहरुले भने प्रहरीले सिमा नाकामा मन लागे इन्ट्रि गराउने र नलागे त्यतिकै छाड्ने गरेको बताउँछन् ।

जिल्ला भित्रिने र बाहिरिने सवारीका साधनको विवरण नहुँदा जिल्लामा कुनै गम्भीर अपराध भए अनुषन्धानमा समेत असर पर्ने देखिएको छ । दोलखाको उत्तरी नाकावाट ११ किलो अवैध सुन बरामद भईसकेको अवस्थामा समेत प्रहरीको यस्तो निश्क्रियता देखिएको हो । जवकी सिंगटी र लामावगरवाट बरामद भएको अवैध सुनलाई सुन तस्करहरुको समूहले आलुको बोरामा लोड गरेर सदरमुकाम चरिकोट हुँदै काठमाडौं लैजाने तयारी गरेको प्रहरी अनुषन्धानवाट पुष्टि भईसकेको छ । सामान्यतया हरेक जिल्लाले आफ्नो सिमा नाका र सदरमुकामको प्रहरी युनिटमा सवारीका साधनको इन्ट्रि गराउने गरेका छन् । इन्ट्रि नहुँदा पर्यटकीय जिल्ला दोलखाको भ्रमणमा आउने विदेशी पर्यटकहरुको विवरण समेत पाउन कठिन छ ।