
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पाँच महिनामा करिव १२ अर्बको विद्युत भारतमा निर्यात गरेको छ ।
गत जेठदेखि असोजसम्म नेपालले ११ अर्ब ८० करोड २८ लाख रुपैयाको विद्युत् भारततर्फ निर्यात गरेको हो ।प्राधिकरणले असोज महिनामा मात्रै ४ अर्ब २ करोड ३५ लाख, भदौमा ३ अर्ब ४७ करोड ८५ लाख र साउनमा २ अर्ब १४ करोड ३३ लाख रुपैयाँको विद्युत बिक्रि गरेको हो । साउन, भदौ र असोजमा भारततर्फ निर्यात गरिएको विद्युतको औसत बिक्री दर प्रति युनिट क्रमश ८ रुपैयाँ ४३ पैसा, ११ रुपैयाँँ ९७ पैसा र १० रुपैयाँ २० पैसा रहेको छ ।
विद्युत निर्यातबाट नेपाल र भारतबीचको व्यापार घाटा कम गर्न र देशको विदेशी मुद्रा सञ्चितिमा योगदान पुगेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको बर्षायामको विद्युत भारततर्फ निर्यात गर्दै आएको छ ।