काठमाडौँ । दशैँको अवधिमा दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा ३ जनाको मृत्यु भएको छ भने १०६ जना घाईते भएका छन् ।
दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्ममा तीन जिल्लामा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा १०६ जना घाईते भएकोमा ७ जना गम्भीर घाईते भएका थिए ।
दोलखामा दशैँमा ६ वटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ५ जना गम्भीर घाईते भएका छन् । सो अवधिमा भएको दुर्घटनामा ८३ जना सामान्य घाईते भएको प्रहरीको तथ्यांकले देखाएको छ । दशैँ अवधिमा रामेछापमा बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् ।
रामेछापमा ६ वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने ३० जना घाईते भएका थिए । दुर्घटनामा एक जना गम्भीर घाईते भएका थिए । यस्तै, सिन्धुपाल्चोकमा ६ वटा सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो । सवारी दुर्घटनामा एक जना गम्भीर घाईते भएका थिए भने घाईते भएका अन्य ११ जनाको अवस्था सामान्य रहेको थियो ।