दोलखा । पेशाले चिकित्सक रहेका डा. रञ्जित झाको कर्णप्रीय गित ‘जिरी सहर’ अहिले सबैमाझ लोकप्रीय बनेको छ ।
आफ्नो जिल्ला बाहिरका व्यक्तिले आफ्नै ठाउँको मनोरम प्रकृतिको चित्रण र सुन्दर प्राकृतिक दृश्य कैद गर्दै बनाएको ‘जिरी सहर’ बोलको गित अहिले दोलखा जिल्लाबासि र जिरी बासिमाझ लोकप्रीय बनेको हो । जिरीको पर्यटन, प्राकृतिक सुन्दरता र माया प्रेम यो गितको प्रमुख विषय रहेको छ ।
गितमा जिरीको सौन्दर्यलाई प्रतिकात्मक रुपमा वर्णन गर्दै मायाको भाव पनि व्यक्त गरिएको छ । जिरीको सौन्दर्यले लोभ्याएको पर्यटकको भाव पनि गितले बोकेको छ । गितको म्युजिक भिडियोमा जिरी र आसपासकै क्षेत्रको मनोरम र पर्यटकीय दृश्य कैद गरिएको छ ।
आफ्नै शव्द, स्वर र संगित रहेको ‘जिरी सहर’ गितको भिडियोमा डा. झा आँफैले पनि अभिनय गरेका छन् । साथै मियुन जिरेल र रञ्जिता लिम्वुको अभिनय रहेको छ । असोज २६ गते अर्थात विजया दशमीको दिन युट्युवमा सार्वजनिक भएको गितले हालसम्म ४३ हजार भन्दा बढि भ्यूज पाईसकेको छ ।
विरामीको रोग पत्ता लगाउने कर्ममा लागेका डा. झा प्रकृतिको सौन्दर्यलाई शव्दमालामा उनेर संगितको सूर भर्न पनि माहिर छन् । करिव एक वर्षको दोलखा बसाईका क्रममा डा. झा ले जिरीकै सौन्दर्यलाई शव्दमा टिपेर संगितको सुरले सजायका हुन् ।
डा. झा को गितमा विशेषगरि प्रकृति प्रेम र देशभक्तिको भाव पाउन सकिन्छ । झा को करिव ६ महिना अघि मात्रै सार्वजनिक भएको ‘हाम्रो देश’ बोलको गितमा देशभक्तिको भाव पाईन्छ । आफ्नै शव्द र संगित रहेको सो गितमा डा. झा को साथमा चर्चित गायक राजेश पायल राईको पनि स्वर रहेको छ ।
यसका अलवा माया प्रेमका भाव समेटिएको गित पनि झा ले गाएका छन् । साथै डा. झा ले आफ्नो कर्मलाई पनि गितका शव्दहरुमा उतारेको पाईन्छ । नसोध मलाई बोलको गितमा यस्तै भाव समेटिएको छ । कोभिडको समयको डर, त्रास र पीडा तथा स्वास्थ्यकर्मीहरुको कामलाई गित मार्फत व्यक्त गरिएको छ । यो गितमा भने गिरिराज निरौलाको शव्द र डा. झा को स्वर रहेको छ ।
यतिमात्रै नभएर झा ले विरामीको उपचार गराउँदा गराउँदै उनीहरुको पीडालाई समेत गितका शव्दमा भरेका छन् । डा. झाले यी र यस्तै गरि हालसम्म करिव ५० वटा गित रेकर्ड गराईसकेका छन् ।
विशेषगरि आफ्नै शव्द र संगित रहेका गित गाउने गरेका झा ले अधिकांश गितमा अभिनय पनि आँफै गरेका छन् । यसका अलवा, चर्चित मोडल तथा नायिका वर्षा राउत, शिल्पा पोखरेल, मोडल तथा नायक पुष्प खड्काले समेत डा. झाका गितको म्युजिक भिडिओमा अभिनय गरेका छन् ।
सप्तरीको राजविराजमा जन्मिएर ललितपुरको भैँसेपाटी बस्दै आएका डा. झाले जिरी आएपछि जिरीको प्राकृतिक सुन्दरता देखेर त्यसलाई शव्दमा बयान गर्दै गित रचना गरेको बताएका छन् । महाराजगञ्जबाट एमडी गरेका डा. झा ले क्लिनिकल कार्डियोलोजी र डायविटिज तथा ईमरजेन्सी मेडिसिनमा फेलोसिप गरेका छन् । दशौँ तहका डा. झा हाल जिरी अस्पतालका प्रमुख (मेडिकल सुपरिटेन्डेन्ट) को रुपमा कार्यरत छन् ।