images
images

दोलखाका १० हजार बढि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ । देशभर आजबाट सुरु भएको भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम अन्र्तगत बागमती प्रदेशका साँढे तीन लाख बालबालिकालाई भटिामिन खुवाईने भएको छ ।

सरकारले राष्ट्रिय पोषण कार्यक्रम अन्र्तगत आज र भोली अर्थात कात्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउन लागेको हो । जसअनुसार बागमती प्रदेशका १३ जिल्लाका ३ लाख ५५ हजार ९८८ बलबालिकालाई भिटामिन ए खुवाईने प्रदेशको स्वास्थय मन्त्रालयका प्रवक्ता खगेश्वर गेलालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशभित्रका ३ लाख १३ हजार ६६८ बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको छ । सबैभन्दा बढि काठमाडौँम १ लाख ६ हजार ४२६ बालबालिकालाई भिटामिन ए र ९३ हजार ५८ बालबालिकालाई जुकाको औषधी खुवाईने मन्त्रालयको तथ्यांक छ ।

यस्तै दोलखाका १० हजार २६९ बालबालिकालाई भिटामिन ए र ९ हजार ८४ बालबालिकालाई जुकाको औषधी खुवाईनेछ । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई जुकाको औषधी खुवाउन लागिएको हो ।