images
images

कालिञ्चोकको भदौरेमा शंकास्पद वस्तु फेला, नेपाली सेनाको बम डिस्पोजल टोली खटियो

  • २ मंसिर २०७९, शुक्रबार ०७:२७

जिरी (दोलखा) । दोलखाको कालिञ्चोक गाउँपालिकास्थित भदौरेमा शंकास्पद वस्तु फेला परेको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ सुनखानीस्थित भदौरेमा शंकास्पद वस्तु फेला परेको हो । हिजो बेलुकी करिब साढे ६ बजे पुरानो प्रेसर कुकर शंकास्पद अवस्थामा फेला परेको दोलखाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) गंगा प्रसाद पौडेलले जानकारी दिनुभयो । भदौरेमा पुरानो प्रेसर कुकर राखिएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शंकास्पद वस्तु फेला परेको स्थानलाई सुरक्षाको घेराभित्र राखिएको दोलखा प्रहरीले जनाएको छ ।

निर्वाचनको समयमा कसैले बम राखेको हुन सक्ने आशंकामा अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली खटिएको डिएसपी पौडेलले बताउनुभयो ।