images
images

काठमाडौं उपत्यकावाट २० हजार मतदाता दोलखा भित्रिदै, दलहरुले गरे चार सय बढी बस बुकिङ

दोलखा । दोलखाका राजनितिक दलहरुले आम निर्वाचनका लागि काठमाडौं उपत्यकावाट बस रिजर्भ गरेर मतदाता ल्याईरहेका छन् ।

जिल्लाको करिव एक तिहाई मतदाता काठमाडौं उपत्यकामा बसोबास गर्ने भएकाले दोलखाका राजनीतिक दल र उम्मेदवारले भोट हाल्नकालागि ति मतदातालाई गाउँसम्म ल्याउन थालेका हुन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई केन्द्रित गरी राजनीतिक दलहरुले कात्तिकको दोश्रो सातादेखि नै मतदाता ल्याईरहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकतृ समाजवादीको गठबन्धनले उपत्यकावाट २ सय बढी बस रिर्जभ गरेर मतदातालाई जिल्लामा ल्याउँदै छ भने नेकपा एमालेले पनि सोही हाराहारीमा बस रिर्जभ गरेको छ । २ सय बस रिर्जभ गर्दा करिव १ करोड खर्च लाग्छ ।

काठमाडौं उपत्यकामा बसोबास गर्ने दोलखाली मतदातालाई गाउँसम्म ल्याउनकालागि गठबन्धन दल र एमालेको सम्पर्क समन्वय समितिलाई सक्रिय पारिएको छ । यसकालागि दोलखा–काठमाडौं सम्पर्क समन्वय समिति र पालिकास्तरका सम्पर्क समितिहरु सक्रियताका साथ लागिपरेका छन् । मतदाताका लागि उपत्यकामा रिजर्भ गरिएका मध्ये अधिकाँश बसहरु आज र भोली दोलखा भित्रिदै छन् ।  राजनीतिक दलले बसका अलावा निजी सवारीका साधनमा पनि मतदातालाई जिल्ला भित्रयाईरहेका छन् ।

पेशा, व्यवसाय र रोजगारीको शिलशिलामा काठमाडौं उपत्यकामा बसोबास गर्ने दोलखाली जिल्ला भित्रिए पछि मात्रै चुनावै माहौल तात्ने गरेको छ । उपत्यकाका सचेत मतदाता गाउँ भित्रिए पछि उनीहरुले नैं गाउँका मतदातालाई समेत प्रभावित पार्ने भएका कारण राजनीतिक दल र उम्मेदवारहरुको बढी चासो दिएका हुन् । दोलखाको निर्वाचनमा उपत्यकावाट आउने मतदाताको मत नैं निर्णायक हुने गरेको छ ।

दोलखाको कूल मतदाता मध्ये एक तिहाई काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका छन् । पेशा, व्यवसाय र रोजगारीको शिलशिलामा काठमाडौं उपत्यकामा बसोबास गर्ने दोलखाली जिल्ला भित्रिए पछि मात्रै चुनावै माहौल तात्ने गरेको छ । उपत्यकाका सचेत मतदाता गाउँ भित्रिए पछि उनीहरुले नैं गाउँका मतदातालाई समेत प्रभावित पार्ने भएका कारण राजनीतिक दल र उम्मेदवारहरुको बढी चासो दिएका हुन् । दोलखाको निर्वाचनमा उपत्यकावाट आउने मतदाताको मत नैं निर्णायक हुने गरेको छ । गठबन्धनका दल र एमाले तथा अन्य दलका उम्मेदवारहरुले काठमाडौं उपत्यकावाट करिव २० हजार मतदतालाई दोलखा भित्रयाउँदै छन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उपत्यकावाट सबैभन्दा बढी मतदाता दोलखा भित्रिएका थिए । स्थानीय तहको निर्वाचनमा स्थानीयस्तरको उम्मेदवार भएका कारण काठमाडौमा बस्ने दोलखाली मतदाता धेरै आएपनि यो पटक सोही संख्यामा जिल्ला आउने सम्भावना कम छ । काठमाडौंमा बस्ने अधिकांश मतदाता भोट हाल्न जिल्ला आएपछि स्थानीय तहको निर्वाचनमा खसेको मत प्रतिशत पनि बढी देखिएको थियो ।
वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दोलखाको कालिञ्चोक गाउँपालिकामा ६९ दशमलव २३ प्रतिशत मत खसेको थियो भने गौरीशंकरमा ६३ दशमलव ९७ प्रतिशत, जिरी नगरपालिकामा ६४ दशमलव ५८ प्रतिशत, तामाकोशीमा ६४ दशमलव ४३ प्रतिशत मत खसेको थियो ।

यस्तै भीमेश्वर नगरपालिकामा ६६ दशमलव ७८ प्रतिशत, मेलुङ गाउँपालिकामा ५९ दशलमव ९८ प्रतिशत, विगुमा ७० दशमलव ७६ प्रतिशत, वैतेश्वरमा ७० दशमलव ७४ प्रतिशत र शैलुङ गाउँपालिकामा ६३ दशमलव ८८ प्रतिशत मत खसेको थियो ।