images
images

मतदान गर्दा यी ७ कुरामा ध्यान दिनुहोस्, तपाईको मत बदर हुने छैन

  • २ मंसिर २०७९, शुक्रबार १६:०३

आम निर्वाचन आउन अब २ दिन मात्रै बाँकी छ । यहि मंसिर ४ गते देशभर प्रतिनिधि र प्रदेशसभा निर्वाचन एकै चरणमा हुदैछ । मतदान केन्द्रमा मत हाल्नका लागि गएका मतदाताहरुले मत हाल्न नजान्दा धेरै मत बदर हुने अवस्था हुन्छ । त्यसैले कस्तो अवस्थामा मत बदर हुन्छ र सदर हुनेगरी कसरी मतदान गर्ने भन्नेबारे जानिराख्न जरुरी छ ।

मतदाताले आफ्नो मत बदर हुनबाट बचाउन सबैभन्दा पहिले मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर छ कि छैन भनेर हेर्नुपर्छ । मतपत्रको तल्लो भागमा मतदान अधिकृतले हस्ताक्षर गर्ने ठाउँ हुन्छ त्यहीँ हेर्नुपर्छ । किनकी मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्रमा मत संकेत गरिएमा त्यस्तो मतपत्र बदर हुन्छ ।
त्यसैले मतपत्र लिदा मतदान अधिकृतको हस्ताक्षर भए/नभएको हेरेर मात्र लिनुपर्छ । दुई वटा निर्वाचन चिन्ह रहेको कोठाको बीचमा पर्ने गरी मत संकेत गरिएमा त्यस्तो मतपत्र बदर हुन्छ । मतपत्रमा स्वस्तिक छाप बाहेक अन्य संकेत जस्तैः औठा छाप, हस्ताक्षर आदिले मत संकेत गरिएमा त्यस्तो मतपत्र बदर हुन्छ । मत संकेत गर्दा स्वस्तिक छापनै प्रयोग गर्नुपर्छ । मत संकेत निर्वाचन चिन्ह रहेको कोठामा गर्नुपर्छ । निर्वाचन चिन्ह रहेको कोठा भन्दा बाहिर मत संकेत गरिएमा पनि सो मतपत्र बदर हुन्छ ।

स्वस्तिक छाप नबुझिने गरी लतपतिएमा त्यस्तो मतपत्र बदर हुन्छ । मतदान गर्दा छाप नलतपतिनेगरी गर्नुपर्छ । एक भन्दा बढी निर्वाचन चिन्हमा मत संकेत गरेमा त्यस्तो मतपत्र बदर हुन्छ । उम्मेवार वा राजनितिक दलको निर्वाचन चिन्ह रहेको कोठा भन्दा बाहिर मत संकेत गर्दा पनि मतपत्र बदर हुन्छ । मंसिर ४ गते आफ्नो मतदाधिकारीको प्रयोग गरौं बदर नहुने गरी मत खसालौँ ।

मत बदर हुने अवस्था

दुुईवटा चिह्नबीचैमा छाप लगाएमा

उम्मेदवारको चिह्नभन्दा बाहिर पर्नेगरी छाप लगाएमा

छाप नबुझिने, लतपतिने गरी लगाएमा

औंठा छाप लगाएमा वा स्वस्तिकको उल्टो (डन्डा) तिरबाट छाप लगाएमा

मतदान अधिकृतको सही नभएको मतपत्र भएमा

मतदान गर्नुपर्ने संख्या (उम्मेदवार)भन्दा बढी चिह्नमा छाप लगाएमा र कतै पनि छाप नलगाएमा