images
images

दोलखाको मतगणना गौरीशंकर बहुमुखी क्याम्पसमा हुने

  • २ मंसिर २०७९, शुक्रबार १७:१८

जिरी (दोलखा) । दोलखाको मतगणना गौरीशंकर क्याम्पसमा हुने भएको छ ।

दुवै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाम चरिकोटस्थित गौरीशंकर बहुमुखी क्याम्पसमा हुने भएको हो । जिल्ला निर्वाचन व्यवस्थापन समितिका संयोजक, मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायधीश डिल्लीरत्न श्रेष्ठको अध्यक्षतामा जिल्लामा आज बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै अब आइतबार मतदान सम्पन्न भएपछि मतपेटिका गौरीशंकर क्याम्पसमा पुर्याइनेछ ।

आजको बैठकमा यहि मंसिर ४ गते अर्थात आइतबार हुने प्रतिनिधिभा तथा प्रदेशसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित गर्न सबै पक्षबाट समन्वयात्मक रुपमा सहयोग र सहजीकरण गर्ने निर्णय पनि भएको छ ।