धनगढी । धनगढी उपमहानगरपालिका–१ सारथि अस्पताल क्षेत्रमा भीषण आगलागी भएको छ ।
आगलागीबाट अस्पताल सहित आधा दर्जन पसलमा क्षति पुगेको छ । अस्पताल नजिकै रहेको जुत्ता चप्पलको होलसेल गोदाममा विद्युत सर्ट भएर सुरु भएको आगोले आधा दर्जन पसलमा क्षति पु¥याएको कैलालीका प्रहरी नायव उपरिक्षक कुलदिप चन्दले जानकारी दिनुभयो । आगो नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी बल र चार वटा दमकल परिचालन गरिएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानविय क्षति भने भएको छैन । राति ९ बजेबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरी उपरिक्षक चन्दले बताउनुभयो ।










