images
images

दोलखामा ट्रकको ठक्करवाट मोटरसाइकलमा सवार युवकको मृत्यु, अर्का एक जना गम्भीर घाइते

  • २ मंसिर २०८०, शनिबार ०९:४८

दोलखा । तामाकोशी–मन्थली सडक अन्तर्गत दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा तामाकोशी गाउँपालिका–१ का बिपिन माझीका २२ वर्षिय छोरा सुशिल माझि रहेका छन् । दुर्घटनामा परी सोही स्थानका माइकल माझि गम्भीर घाइते भएको वडा अध्यक्ष बसन्तवहादुर थापा क्षेत्रीले जानकारी दिनुभयो । उनलाई घटनास्थलवाट उद्धार गरी सदरमुकाम चरिकोटस्थित पशुपति चौंलागाई स्मृति अस्पतालमा ल्याईएको छ ।

तामाकोशीवाट भिरकोटतर्फ जाँदै गरेको बा २९ प ११६२ नम्बरको मोटरसाइकल र किर्नेटारवाट तामाकोशीतर्फ आउँदै गरेको बागमती प्रदेश ०१००३ क ९३५९ नम्बरको फोर ह्विल ट्रक आज विहान गोपिखोला नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

तस्विर सौजन्यः रोशन कुमार केसी