images
images

किन भएन राजधानीमा पुगेको ८ दिन बित्दा समेत मेलम्चीको साँढे ३ करोड लिटर पानी वितरण ?

  • ३ पुष २०७९, आईतवार ०७:४१

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकाका लागि लगिएको साँढे ३ करोड लिटर खानेपानी अझै वितरण भएको छैन ।

मेलम्चीको पानी सुरुङमार्ग हुँदै तेस्रोपटक काठमाडौं उपत्यकामा पु¥याइएको ८ दिनसम्म सबै वितरण हुन नसकेको हो । मंसिर १८ गते मेलम्ची खोलाको १७ करोड ५० लाख लिटर पानी राजधानी आएको थियो । यसको ६ दिनपछि राजधानीका धारामा तेस्रोपटक मेलम्चीको पानी वितरण सुरु भएको थियो । पानी वितरण सुरु भएको ८ दिनमा पनि पुरै पानी राजधानीबासीलाई वितरण हुन सकेको छैन । ६ महिनासम्म बन्द रहेको वितरण सञ्जालमा आएको समस्याका कारण पुरै पानी वितरण गर्न नसकिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएको छ । मेलम्ची आयोजनाबाट २६ किलोमिटर सुरुङमा हालेर सुन्दरीजल प्रशोधन केन्द्रमा ल्याइएको १७ करोड ५० लाख लिटरमध्ये हाल १४ करोड लिटर पानीमात्र राजधानीमा वितरण भइरहेको छ ।

केयूकेएल आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको नयाँ वितरण सञ्जालमा नियमित पानी नहाल्दा केही ‘भल्व’मा ‘सिक्वेन्स’ मिलाउन समय लागेको जनाएको छ । १७ करोड ५० लाख लिटर पानी वितरण गर्न अझै केही समय लाग्ने केयूकेएलले जनाएको छ ।