images
images

सिन्धुपाल्चोकका युवक मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते

  • ३ पुष २०७९, आईतवार १०:५७

सिन्धुपाल्चोक । काठमाडौंमा मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकका एक युवक गम्भीर घाइते भएका छन् ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका ३३ वर्षिया प्रकाश दुलाल गम्भीर घाइते भएका हुन् । काठमाडौंको शंख पार्क नजिकै बा ९८ प ४८९८ नम्बरको मोटरसाइकल ठेलागाढामा ठोक्किँदा मोटरसाइकल चालक दुलाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको त्रिवी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।