images
images

चोरीको मोटरसाइकल सहित रामेछापका दुई युवक ललितपुरबाट पक्राउ

  • ३ पुष २०७९, आईतवार १६:१३

जिरी (दोलखा) । चोरीको मोटरसाइकल सहित रामेछापका दुई युवक ललितपुरबाट पक्राउ परेका छन् ।

रामेछापको दोरम्बा ५ का २२ वर्षीय रिदम बहादुर थापा मगर र सोही स्थानका २१ वर्षीय प्रेम थापा मगरलाई चोरीको मोटरसाईकल सहित प्रहरीले नियन्त्रणमा लिएको हो । हाल रिदम भक्तपुर र प्रेम काठमाडौंको सुन्धरा बस्दै आएका छन् । हिजो पक्राउ परेका उनीहरुलाई आज जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुरमा बुझाइएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो । धादिङको थाक्रे गाउँपालिका ७ स्थायी घर भई हाल ललितपुर बस्दै आएका कञ्चन खत्रीले बागमती प्रदेश ०२–०१६ प ६०२९ नम्बरको पल्सर २२० सिसिको मोटरसाईकल हराएको भन्दै प्रहरीकोमा उजुरी गरेका थिए । सो मोटरसाइकल रामेछापका ती दुई युवकले चोरी गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उजुरी परेपछि खोजतलास गर्ने क्रममा वास्तविक नम्बरनै परिवर्तन गरी चलाउँदै गर्दा उनीहरुलाई हिजो अपरान्ह ललितपुरको ताल्छिखेलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।