जिरी (दोलखा) । विगु गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि शान्ति आदर्श मावि लादुकले हात पारेको छ ।
गौरीशंकर मावि जगतलाई पछि पार्दै शान्ति आदर्श माविले २३ पदक सहित राष्ट्रपति रनिङ शिल्डको उपाधि आफ्नो कब्जामा पारेको हो । जितसँगै सो विद्यालयले १८ स्वर्ण, २ रजत र ३ कास्य गरी २३ पदक प्राप्त गरेको छ । गौरीशंकर माविले भने १६ पदक प्राप्त गर्दै उपविजेतामा चित्त बुझाएको छ ।
गौरीशंकर माविले स्वर्ण र रजत ६/६ वटा र कास्य ४ वटा पाएको छ । प्रतियोगितामा हिमालय माविखोपाचाँगुले तेस्रो स्थान कायम गरेको छ । उक्त विद्यालयले २ स्वर्ण, ४ रजत र २ कास्य गरी ८ पदक पाएको हो । सान्त्वना भएको देविटार मावि चिलंखाले २ स्वर्ण, रजत र कास्य १ /१ गरी ४ पदक प्राप्त गरेको छ । विभिन्न विधामा भएको खेल आज सम्पन्न भएको हो ।
प्रतियोगिताका विजेताहरुलाई आजै पुरस्कार वितरण गरिएको छ । पालिका अध्यक्ष संजिव ओलीको अध्यक्षतामा भएको पुरस्कार वितरण तथा समापण कार्यक्रममा विगु गाउँपालिकाका पूर्व अध्यक्ष यूधिष्ठिर खड्काले विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । शान्ति आदर्श माविको प्राङगनमा भएको कार्यक्रममा उपाध्यक्ष देवकी थामीले शुभकामना एवम् बधाई ज्ञापन गर्नुभयो । विगुमा भएको राष्ट्रपति रनिङ शिल्डमा पालिकाभित्रका ११ विद्यालयको विद्यार्थीहरु सहभागी भएका थिए ।
हेर्नुहोस, कुन कुन विद्यालयले कति पाए पदक?


तस्विर सौजन्यः विमल ओली










