
बझाङ । बझाङमा दुई दिनमा तीन पटक भूकम्पको धक्का महसुस भएको छ ।
आज दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महशुस भएको हो । यसअघि हिजो साँझ ५ बजेर ८ मिनेटमा धमेना केन्द्रमै ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै, हिजो दिउँसो १ बजेर २ मिनेटमा पनि बझाङकै रायल केन्द्र भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पीय क्षतिको दृष्टिले नेपाल उच्च जोखिमयुक्त मानिन्छ । पश्चिम नेपालको भूकर्गमा वर्षाैँदेखि उर्जा सञ्चित भएकाले अझै बढि जोखिम रहेको विज्ञहरुको भनाई छ । साथै विज्ञहरुले कुनै पनि बेला ठुलो धक्का आउन सक्ने भन्दै पूर्व तयारीमा रहनुपर्नेमा जोड दिएका छन् । तर, पटक पटक गईरहने साना धक्काले लामो समय भुगर्भमा सञ्चित भएको उर्जा बाहिरिन मद्धत मिल्ने भएकाले सकारात्मक रुपमा लिनुपर्ने उनीहरुको भनाई छ ।
नेपालमा २०८० कात्तिक १७ गते जाजरकोट केन्द्र भएर तथा त्यसअघि २०७२ बैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर ठुलो भूकम्प गएको थियो । सो भूकम्पका कारण ठुलो मानवीय क्षति भएको थियो ।