images
images

दोलखाको राजनीतिः मेलुङ गाउँपालिका र जनजाति नेतृत्वको अनौठो संयोग

दोलखाको मेलुङ गाउँपालिका राजनीतिको केन्द्र बन्दै गएको छ । जिल्लाको राजनीतिमा भुगालेको हिसावले मेलुङ गाउँपालिका र राजनीतिक नेतृत्व जनजाती नेताहरुको हातमा पुग्नु अनौठो संयोग बनेको छ ।

जिल्लाको राजनीतिमा दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व मेलुङ गाउँपालिकाका नेताहरुले गरेका छन् भने दोलखाको राजनीतिमा जनजाती नेता हावी भएका छन् । दोलखामा नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचनका माध्यमवाट नेतृत्व चयन गर्नु र यसरी नेतृत्व चयन हुँदा दुवै पार्टीको मुल नेतृत्व मेलुङ गाउँपालिकाकै नेताहरु चुनिनु अनौठो संयोग बन्न पुगेको हो । यो वाहेक नेकपा एमालेवाट पार्टी विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी दोलखाका केन्द्रीयस्तरका नेताहरु पनि मेलुङ गाउँपालिकावाटै चयन भएका छन् ।

नेकपा एमालेको पाँच पदाधिकारी मध्ये तीन पदाधिकारीमा मेलुङ गाउँपालिकाका नेताहरु बिजयी भए । एमाले दोलखाको ईतिहासमा पहिलो पटक अध्यक्ष, सचिब र एक उपसचिब सहित तीन वटै पदाधिकारी एउटै भुगोल र जनजाती समुदायका नेताहरु बिजयी भएका हुन् । गत असोजमा निर्वाचनको माध्यमबाट भएको प्रतिष्पर्धाबाट नेपाली कांग्रेसको जिल्ला सभापतिमा बर्मा लामा निर्वाचित भए । नेपाली कांग्रेस जिल्ला पार्टी सभापतिमा निर्वाचित हुने नेता लामा मेलुङ गाउँपालिकाका हुन् । नेकपा एमालेवाट पार्टी विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी दोलखाका केन्द्रीयस्तरका नेताहरु पनि मेलुङ गाउँपालिकावाटै चयन भएका छन् ।

गत पुस महिनामा सम्पन्न नेकपा एमाले दोलखाको नवौं जिल्ला अधिवेशनबाट नेकपा एमालेको जिल्ला अध्यक्षमा मेलुङ गाउँपालिकाका नेता नरबहादुर श्रेष्ठ बिजयी भए । नेकपा एमालेको पाँच पदाधिकारी मध्ये तीन पदाधिकारीमा मेलुङ गाउँपालिकाका नेताहरु बिजयी भए । एमालेको जिल्ला अध्यक्षमा श्रेष्ठ, सचिबमा हिरा थोकर र उपसचिब पदमा धर्मेन्द्र मोक्तान निर्वाचित भएका हुन् । एमाले दोलखाको ईतिहासमा पहिलो पटक अध्यक्ष, सचिब र एक उपसचिब सहित तीन वटै पदाधिकारी एउटै भुगोल र जनजाती समुदायका नेताहरु बिजयी भएका हुन् । यति मात्र होईन दोलखा एमालेमा अर्को अनौठो संयोग पनि भएको छ । जिल्लाका पाँच पदाधिकारी मध्ये ४ जना जनजाति समुदायवाटै निर्वाचित भएका छन् । एक उपसचिब पदमा भने क्षेत्री समुदायका दुई उम्मेदवारले बराबरी मत पाएका छन् ।

जिल्लामा गत असोजमा निर्वाचनको माध्यमबाट भएको प्रतिष्पर्धाबाट नेपाली कांग्रेसको जिल्ला सभापतिमा बर्मा लामा निर्वाचित भएका थिए । मेलुङ गाउँपालिकाका नेता लामा नेपाली कांग्रेसको पहिलो चरणको मतदानबाट ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुन दोस्रो चरणको मतदानबाट बिजयी भएका हुन् । नेपाली कांग्रेसले निर्वाचनका माध्यवाट नेतृत्व चयन गर्दा जिल्ला पार्टी सभापतिमा निर्वाचित हुने नेता लामा मेलुङ गाउँपालिकाका हुन् । यसअघि कांग्रेस दोलखाको लामोसमय नेतृत्व गरेका पूर्व सभापति तारावहादुर कोइराला पनि मेलुङ गाउँपालिकाकै थिए ।

कांग्रेसको जिल्ला अधिवेशनवाट निर्वाचित पदाधिकारी मध्ये सभापति, उपसभापति, सचिव र सहसचिब पदमा चारैजना जनजाती नेताहरु निर्वाचित भएका थिए । उपसभापतिमा बैतेश्वर गाउँपालिकाका नेता छवि लामा विजयी भएका थिए । सचिव र सहसचिवमा शेर्पा समुदायबाट क्रमश दावासाङ्गे शेर्पा र पासाङ शेर्पा विजयी भएका थिए । कांग्रेस दोलखाको उपाध्यक्ष, सचिब र एक सहसचिब पदमा दुई/दुई जनाको कोटा रहेकोमा एक/एक जना क्षेत्री ब्राम्हण समुदायको प्रतिनिधित्व भएको छ ।

दोलखाको राजनीतिमा जनजाति समुदायको उपस्थिती र सहभागिता बलियो बन्दै गएको छ । पंचायतकालमा नाम्दु र लादुक, बुलुङ राजनीतिको शक्ति केन्द्र मानिन्थ्यो । बहुदलमा तामाकोशी गाउँपालिकाको जफे र झुले तथा काब्रे शक्ति केन्द्रमा परिणत भयो । लोकतान्त्रिक संघीय गणतन्त्रमा पछिल्लो समय गौरीशंकर गाउँपालिकाको जुँगु र सुरी शक्ति केन्द्रमा रहेका बेला दुई ठूला पार्टीको जिल्ला अधिवेशनवाट मेलुङ गाउँपालिका पुनः नयाँ शक्ति केन्द्रकोरुपमा खडा भएको छ ।

दोलखाको राजनीतिमा जनजाति समुदायको उपस्थिती र सहभागिता बलियो बन्दै गएको छ । पंचायतकालमा नाम्दु र लादुक, बुलुङ राजनीतिको शक्ति केन्द्र मानिन्थ्यो । बहुदलमा तामाकोशी गाउँपालिकाको जफे र झुले तथा काब्रे शक्ति केन्द्रमा परिणत भयो । लोकतान्त्रिक संघीय गणतन्त्रमा पछिल्लो समय गौरीशंकर गाउँपालिकाको जुँगु र सुरी शक्ति केन्द्रमा रहेका बेला दुई ठूला पार्टीको जिल्ला अधिवेशनवाट मेलुङ गाउँपालिका पुनः नयाँ शक्ति केन्द्रकोरुपमा खडा भएको छ । विगतमा पनि मेलुङ गाउँपालिकाको घ्याङसुकाठोकरका शिवप्रसाद भण्डारी र पवटीका तारावहादुर कोईरालाले एमाले र कांग्रेसको जिल्ला नेतृत्व गरेका थिए । हिजो एमाले दोलखाको दुई कार्यकाल मुल नेतृत्व सम्हालेका शिवप्रसाद भण्डारी नैं अहिले एमाले विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादी पार्टीको केन्द्रिय पोलिट्व्यूरो सदस्य बनेका छन् भने मेलुङकै नेता गोपाल न्यौपाने नेकपा एसको केन्द्रीय सदस्य भएका छन् ।

हालको अवस्थामा कांग्रेसको मुल नेतृत्व र एमालेको मुल नेतृत्वसहित बहुमत पदाधिकारी मेलुङ गाउँपालिकावाट चयन भएको अवस्थामा आगामी दिनमा पार्टी राजनीति कसरी अघि बढ्छ ? कांग्रेस र एमालेको मेलुङ गाउँपालिका र समग्र जिल्लामा पोजिसन कस्तो हुन्छ ? हेर्न बाँकी नैं छ । नेकपा माओवादी केन्द्र र नेकपा एकिृकत समाजवादीको पोजिसन र भूमिका पनि अर्को महत्वपूर्ण पाटो छदैछ ।