images
images

प्रतिनिधिसभाले आज सभामुख पाउने

  • ५ माघ २०७९, बिहीबार ०६:१९

काठमाडौ । प्रतिनिधिसभाले आज सभामुख पाउने भएको छ ।

सभामुख चयनका लागि आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा सभा बैठकमा प्रस्ताव पेस गरिने भएको हो । सभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । सत्ता साझेदारका तर्फबाट एमालेका देवराज घिमिरे र विपक्षी गठबन्धनबाट कांग्रेसकी इश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभामा सत्तारुढ दलहरुसँग स्पष्ट बहुमत हुँदाहुँदै पनि सभामुख पदमा भने कांग्रेसको नेतृत्वमा छुट्टै गठबन्धन बनेको छ । कांग्रेस र नेकपा एकीकृतको गठबन्धनमा न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छन् भने त्ता साझेदार दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र रास्वपाले सभामुखमा एमालेका घिमिरेलाई अघि सारेका हुन् ।

एमालेको ७९, माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २० र राप्रपाको १४ मत जोड्दा एमाले उम्मेदवार घिमिरेले १ सय ४५ मत पाउने छन् । प्रतिनिधिसभामा २ सय ७५ जना सांसद रहेकामा सत्ता साझेदारमा १ सय ६९ सांसद रहेका छन् । सभामुख निर्वाचित हुन १ सय ३८ मत ल्याउनुपर्नेछ ।