images
images

दोलखाको मकर जितुमाया सुरी हाइड्रोपावरले आइपिओ निष्काशन गर्ने

  • ५ माघ २०७९, बिहीबार १०:५०

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकास्थित मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आइपिओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले माघ १५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ निष्काशन गर्न लागेको हो । जारी पुँजी ७६ करोडको १० प्रतिशत अर्थात ७ करोड ६० लाख रुपैयाँको प्रतिशेयर १ सय रुपैयाँ दरका ७ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय वासिन्दाहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । त्यसमध्ये अति प्रभावित क्षेत्र गौरीशंकर गाउँपालिका वडा नम्बर ५ र ६ का वासिन्दाहरुका लागि ३ लाख ४ हजार कित्ता सेयर बाँडफाँट गरिनेछ भने प्रभावित क्षेत्र वडा नम्बर १, २, ३,४,७, ८ र ९ का वान्दिाहरुका लागि ३ लाख ४२ हजार कित्ता र सामान्य प्रभावित क्षेत्र विगु गाउँपालिकाका वासिन्दाहरुमा १ लाख १४ हजार कित्ता सेयर बाँडफाँट गरिने छ ।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सर्वसाधारण लगानीकर्ताहरुका लागि छुटयाइएको प्रतिशेयर १ सय रुपैयाँ अंकित दरका १ लाख ५२ हजार कित्ता बाडफाँड गरिनेछ । सो आईपिओमा न्युनतम १० कित्ताका लागि छिटोमा माघ २९ गते र ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिनुपर्नेछ । आइपिओ निष्काशनका लागि गराएको रेटिङगमा केयर रेटिङग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्युअर रेटिङग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा जोखिम रहेको संकेत गरेको छ ।