images
images

प्रतिनिधिसभाको सभामुखमा घिमिरे निर्वाचित

  • ५ माघ २०७९, बिहीबार १५:२०

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत पुगेपछि संसदका जेयष्ठ सदस्य पशुपति शमशेर जबराले सभामुख पदमा निर्वाचित भएको घोषणा गर्नुभयो । सत्ता गठबन्धनका तर्फबाट सभामुख पदमा उम्मेदवार बनेका घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको छ ।

त्यसैगरी हुन्न भन्ने पक्षमा सय मत परेको छ । २६८ जना सांसद मतदानमा सहभागी भएका थिए । घिमिरेलाई एमाले, माओवादी केन्द्र रास्वपा, राप्रपा, जसपा,नागरिक उन्मुक्ति र केही स्वतन्त्र सांसदले मतदान गरेका थिए । घिमिरे नेपालको संसदीय इतिहासमा नवौं सभामुखका रुपमा निर्वाचित भएको हो ।