images
images

सोविता गौतमलाई सत्ता साझेदार दलबाट उपसभामुख बनाउने तयारी

  • ५ माघ २०७९, बिहीबार १८:१५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमलाई उपसभामुख बनाउने तयारी गरिएको छ ।

सत्ता साझेदार दलबाट सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भएपछि उपसभामुखमा गौतमलाई उम्मेदवार बनाउने तयारी गरिएको हो । कानुनी विषयमा जानकार भएकाले गौतमलाई नै उपसभामुख बनाउने तयारी भएको हो । रास्वपाले आधिकारिक निर्णय भने भोली सावर्जनिक गर्नेछ । दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे स्थायी घर भएकी गौतम काठमाडौं २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित भएकी हुन् ।

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद सोविता गौतमले छलफल गर्नुभएको छ । भोली हुने उपसभामुखको उम्मेदवारी दर्ताको विषयमा प्रचण्ड र ओलीसँग गौतमको छलफल भएको हो । छलफलमा ओलीले गौतमलाई भोलीका लागि तयार रहन भन्नुभएको छ ।