images
images

६ महिनामा बागमती प्रदेशमा १ हजार ३१ दुर्घटना, १४५ जनाको मृत्यु

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बागमती प्रदेशमा १ हजार बढी दुर्घटना भएको छ ।

साउनदेखि पुससम्मको अवधिमा काठमाडौँ उपत्यका बाहेक बागमती प्रदेशमा १ हजार ३१ दुर्घटना भएको हो । सो दुर्घटनामा परि १४५ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ । यस्तै, काठमाडौँ उपत्यकामा २ हजार ४२९ वटा दुर्घटना भएको छ ।

६ महिनाको अवधिमा मुलुकभर ११ हजार ३३८ दुर्घट्ना हुँदा १२ सय ३२ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ३ हजार २६२ जना गम्भीर घाईते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यो अवधिमा १५ हजार ५१८ जना सामान्य घाईते भएका छन् । प्रहरीको तथ्यांक अनुसार नेपालमा दैनिक औसतमा ६२ वटा दुर्घटना हुने गरेको छ । जसमा ७ जनाले ज्यान गुमाउने गरेका छन् ।

प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढि मधेश प्रदेशमा दुर्घटना भएको छ भने सबैभन्दा कम गण्डकीमा भएको छ । सवारी दुर्घटनाबाट सबैभन्दा बढि मानवीय क्षति लुम्विनी प्रदेशमा भएको छ । ६ महिनाको अवधिमा लुम्विनी प्रदेशमा दुर्घटनामा परि २६१ जनाको मृत्यु भएको हो ।