images
images

बागमती प्रदेशसभाको अधिवेशन माघ १० गतेदेखि

  • ६ माघ २०८१, आईतवार १०:०४

हेटौंडा । बागमती प्रदेश सरकारले यही माघ १० गतेदेखि पाँचौँ अधिवेशन बस्ने तयारी गरेको छ ।

प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि सञ्चालन गर्ने तयारी भइरहेको बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ । २०८१ साल वैशाख ३१ गतेदेखि सञ्चालन भएको बागमती प्रदेशसभाको चौथो अधिवेशन असोज ७ गते सकिएको थियो ।

सो अवधिमा बसेका ३८ बैठकले चारवटा विधेयक पारित गरेको थियो भने पाँचवटा विधेयक समितिमा पठाएको थियो ।