images
images

टुकराजको कुटाईबाट मरनासन्न हुने अवस्थामा पुगेका राईको उपचारका क्रममा मृत्यु

  • ६ माघ २०८१, आईतवार १३:४१

ओखलढुंगा । ओखलढुंगामा स्थानीयको कुटपिटबाट एक पुरुषको मृत्यु भएको छ ।

जिल्लाको चिसंखुगढी गाउँपालिका १ कुईभीरका ४५ वर्षीय रामकुमार राईको स्थानीयकै कुटपिटबाट मृत्यु भएको हो । स्थानीय टुकराज राईले कुटपिट गर्दा रामकुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

टुकराजले मराणासन्न हुनेगरि कुटपिट गरेपछि रामकुमारलाई ओखलढुंगा सामुदायिक अस्पतालमा लगिएपनि उपचारका क्रममा मृत्यु भएको ओखलढुंगाका प्रहरी प्रमुख, डिएसपी कृष्ण खड्काले जानकारी दिनुभयो । प्रहरीका अनुसार उनीहरुबीचको विवादले उग्र रुप लिँदा घटना भएको हो ।

कुटपिटमा संलग्न टुकराजलाई भने नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको डिएसपी खड्काले बताउनुभयो ।