दोलखा । सरकारले प्रजातन्त्र दिवसको अवसरमा दोलखाका दुई जना कैदीवन्दीको ५० प्रतिशत कैद सजाय कट्टा गरेको छ ।
मन्त्रिरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले जिल्लाका दुई जना कैदीबन्दीको आधा कैदकट्टा गर्नुभएको हो । प्रजातन्त्र दिवसको अवसरमा सरकारले आधा कैद सजाय भुक्तान गरिसकेका ३ सय ८१ जनाको कैद सजाय मिनाहा गरेको थियो । जसमा दोलखाबाट दुई जनाको नाम सिफारिस गरिएकोमा दुवै जनाको आधा कैदकट्टा भएको चरिकोट कारागार प्रशासन शाखा अधिकृत रामकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार २०७७ साल फागनु २ गते चोरी मुद्धामा कारगारमा आएका जिरी नगरपालिकाका २१ वर्षिय ओङवी भनिने आङदे शेर्पाको ५० प्रतिशत कैद सजाय कट्टा भएको छ । अदालतले शेर्पालाई चोरी मुद्धामा तीन वर्ष कैद र ३० हजार जरिवानाको फैसला गरेको थियो ।
त्यसमध्ये दुई वर्ष चार दिन कैद सजाय भुक्तान गरिरहेका उनको बाँकी कैद सजाय कट्टा भएको हो । यस्तै तामाकोशी गाउँपालिका वडा नम्बर ३ का २६ वर्षिय खतरा रुम्बाको पनि ५० प्रतिशत कैद कट्टा भएको छ । डाँका मुद्धामा अदालतले २०७७ साल जेठ २२ गते रुम्बालाई ५ वर्ष कैद सजायको फैसला गरेको थियो । त्यसमध्ये दुई वर्ष ८ महिना १४ दिन कैद सजाय भुक्तान गरिसकेका उनको पनि बाँकी कैदकट्टा भएको हो । चरिकोट कारागारमा हाल १ सय ५६ जना कैदीवन्दी रहेका छन् । ५१ जना क्षमताको कारागारमा तृेब्बर कैदीबन्दी छन् । त्यसमध्ये सवैभन्दा धेरै कैदीबन्दी जवरजस्तीकरणी मुद्धाको रहेको कारागार प्रशासनले जनाएको छ ।