images
images

गौरीशंकर संरक्षण क्षेत्रको २ सय ६० हेक्टर क्षेत्रफल वनमा आगलागी

  • ७ फाल्गुन २०७९, आईतवार १४:१९

दोलखा । हिउँदेयाम सुरु भएसँगै गौरीशंकर संरक्षण क्षेत्र आयोजना जिक्याप क्षेत्रभित्र लगातार आगलागीका घटना हुन थालेका छन् ।

दुई महिनाको अवधिमै संरक्षण क्षेत्रको २ सय ६० हेक्टर क्षेत्रफल वन क्षेत्रमा आगलागी भएको हो । पुस र माघ महिनामा संरक्षण क्षेत्रभित्रका ६ वटा वन क्षेत्रमा आगलागीका घटना भएका छन् । यो वर्षको हालसम्मको तथ्यांकलाई हेर्दा रामेछापको उमाकुन्ड गाउँपालिका वडा नम्बर १ गुम्देलमा आगलागीबाट ठुलो वन क्षेत्रमा क्षति पुगेकोे छ । गुम्देलको चमारुको जंगलबाट लागेको डढेलोले ठुलो वन क्षेत्रमा क्षति पु¥याएको हो । गत माघ १५ गतेदेखि सुरु भएको आगो तीन दिनपछि मात्रै नियन्त्रणमा आएको थियो । आगलागीबाट चमारुमा करिव दुई सय हेक्टर क्षेत्रफल वनमा क्षति पुगेको हो । त्यसअघि गत पुसमा इलाका कार्यालय शिवालय श्यामाको ढुंगेमा लागेको आगोले दुई हेक्टर क्षेत्रफल वनमा क्षति पु¥याएको थियो ।

संरक्षण क्षेत्रका अनुसार इलाका संरक्षण कार्यालय चाकुको फुल्पिङकट्टी, लिस्तीकोटको सेबुंग, तातोपानी क्षेत्रको वनमा भएको आगलागीबाट ५० हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ । यस्तै मार्बुको दंग्दुन्ने बन क्षेत्रमा माघ महिनामा लागेको आगोले १० हेक्टर क्षेत्रफल वनमा क्षति पुगेको संरक्षण क्षेत्रले जनाएको छ । गत आर्थिक वर्ष २०७८–७९ मा संरक्षण क्षेत्रको ७७ हेक्टर क्षेत्रफल वनमा आगलागी भएको थियो । गत आर्थिक वर्षको तथ्यांकलाई हेर्दा चालु आर्थिक वर्षको हालसम्मको अवधिमै धेरै वन क्षेत्रमा आगलागी भएको देखिएको छ ।

गौरीशंकर संरक्षण क्षेत्रको जंगलमा दुर्लभ मानिएको रेडपाण्ड, हिमचितुवा लगायतका बन्यजन्तु र बहुमुल्य जडिबुट्टी यार्सागुम्बा लगायतका पाइन्छ । संरक्षण क्षेत्रभित्रको वनमा वर्षेनी आगलागीका घटना हुँदा उच्च हिमाली क्षेत्रमा बहुमुल्य जडीबुट्टी, लोपोन्मुख वन्यजन्तुमा समेत क्षति पुग्ने गरेको छ । वन ऐन २०७६ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वनमा आगो लगाउने व्यक्तिलाई फौजदारी अपराधको रुपमा बिगो अनुसार दण्ड जरिवाना र तीन वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ

गौरीशंकर संरक्षण क्षेत्रको जंगलमा दुर्लभ मानिएको रेडपाण्ड, हिमचितुवा लगायतका बन्यजन्तु र बहुमुल्य जडिबुट्टी यार्सागुम्बा लगायतका पाइन्छ । संरक्षण क्षेत्रभित्रको वनमा वर्षेनी आगलागीका घटना हुँदा उच्च हिमाली क्षेत्रमा बहुमुल्य जडीबुट्टी, लोपोन्मुख वन्यजन्तुमा समेत क्षति पुग्ने गरेको छ । आगलागी नियन्त्रणका लागि संरक्षण क्षेत्रले वर्षेनी बजेट विनियोजन गरी विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको छ । तर संरक्षण क्षेत्रभित्रको वनमा डढेलोका घटना घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । संरक्षण क्षेत्रका सुचना अधिकारी तुलसि दहालले वन क्षेत्रमा वर्षेनी आगलागीका घटना हुँदा दुर्लभ वन्यजन्तु र जडिबुट्टीमा नोक्सान हुने भएकाले व्यक्ति स्वयम सर्तक हुनुपर्ने बताउनुभयो । साथै उहाँले संरक्षण क्षेत्रभिको वनमा कसैले आगो लगाएको थाहा पाएमा तत्काल खबर गर्न पनि आग्रह गर्नुभएको छ ।

वन ऐन २०७६ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वनमा आगो लगाउने व्यक्तिलाई फौजदारी अपराधको रुपमा बिगो अनुसार दण्ड जरिवाना र तीन वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।