images
images

सिन्धुपाल्चोकमा करेन्ट लागेर एक मजदुरको मृत्यु

  • ७ फाल्गुन २०७९, आईतवार १७:५५

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ ।

जुगल गाउँपालिका वडा नम्बर ३ बगरखोलास्थित गुम्बा गाउँमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको करेन्ट लागेर मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ३ का सरोज थारु रहेका छन् । गुम्बा गाउँनजिकै ११ हजार भोल्टेजको हाइटेन्सन लाइन बनाउने क्रममा उनी गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका उनको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।