काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) सन् २०२४ को उत्पादनतर्फको भाषा परीक्षा आजदेखि हुँदैछ ।
इपिएस शाखाले दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आजदेखि पाँच सिफ्टमा परिक्षा सञ्चालन गर्न लागेकोे हो । शाखाका निर्देशक मैयाँ कँडेलले यो पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले आजदेखि प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो । इपिएस शाखा र कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको भएपनि अनुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ ।
इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरिएकोमा एक लाख ६४ हजार बढीले आवेदन दिएका थिए ।










