
काठमाडौँ। बागमती प्रदेश सरकारले भौतिक रुपमा रहेका यातायात कार्यालयको २५ लाख फाईलको विद्युतीय अभिलेख राख्न सुरु गरेको छ ।
प्रदेश सरकारले भौतिक रुपमा रहेका यातायात कार्यालयको ढड्डालाई विद्युतीय अभिलेख सुरु गरेको हो । भौतिक रुपमा प्रवाह भईरहेको सेवालाई विस्थापन गरि अनलाईनबाट सेवा प्रवाह गर्ने उद्देश्यले काम सुरु गरिएको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।
बागमती प्रदेशभित्र २५ लाखको संख्यामा रहेका यातायातको अभिलेख दुई वर्षभित्र डिजिटलाईजेसन गरिसक्ने गरि काम सुरु भएको यातायात व्यवस्था कार्यालय गर्जुधाराका कार्यालय प्रमुख नेत्रप्रसाद भट्टराईले जानकारी दिनुभयो । विद्युतीय अभिलेख सुरु भएसँगै भौतिकरुपमा रहेका अभिलेखहरु हराउने, नष्ट हुने तथा सेवाग्राहीले लाईनलाग्नुपर्ने बाध्यता हट्ने बताईएको छ ।
भौतिक प्रमाण नष्ट भएका वा हराएका सवारी साधनको पनि सवारी धनीसँग भएको प्रमाणलाई आधार मानेर विद्युतीय अभिलेख गरिनेछ ।