images
images

बसको ठक्करबाट ओखलढुंगाका पुरुषको काठमाडौंमा मृत्यु

  • ७ फाल्गुन २०८१, बुधबार १६:३५

काठमाडौं । काठमाडौंमा बसको ठक्करबाट ओखलढुंगाका एक पुरुषको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका –१ जमलस्थित विश्वज्योति हलआगडि बसले ठक्कर दिँदा ओखलढुंगाका एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा ओखलढुगां घर भई हाल काठमाडौंको डल्लु बस्दै आएका ५६ वर्षीया अम्बरबहादुर बोगटी रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका बोगटीलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको थियो ।

उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बसका चालकलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको छ ।