images
images

प्रधानमन्त्री देउवाद्धारा नयाँ खिम्ती सबस्टेसनको उदघाटन

  • ५ चैत्र २०७८, शनिबार १०:४८

जिरी (दोलखा) । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ खिम्ती सबस्टेसनको उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अन्तर्गत निर्मित रामेछापको फुलासीमा रहेको नयाँ खिम्ती सबस्टेसनको उद्घाटन गर्नुभएको हो ।

आज विहान १० बजे हेलिकप्टर मार्फत किर्नेटार आइपुग्नुभएका उहाँले भर्खरै मात्रै नयाँ खिम्ती सबस्टेसनको उद्घाटन गर्नुभएको छ । सबस्टेसनको उद्घाटन पछि उहाँ तामाकोशी आयोजनाको ड्याम साइट र सुरुङमार्ग लगायतको अवलोकनका लागि गोगंर जानुभएको छ । आयोजनाको अवलोकन तथा सबस्टेसनको उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री पम्फा भुसाल, वागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्का, उर्जासचिव देवेन्द्र कार्की र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो । खिम्ती सब–स्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोश्रो ठूलो सब–स्टेसन हो ।

यसअघि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको गत असार २१ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो ।