images
images

तामाकोशीको बिद्युतले राष्ट्रिय प्रसारण प्रणालीलाई ठुलो मद्धत पुग्योः कुलमान घिसिङ

  • ५ चैत्र २०७८, शनिबार १३:१९

दोलखा । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो तामाकोशी आयोेजनाबाट उत्पादित बिद्युतले नेपालको राष्ट्रिय बिद्युत प्रसारण प्रणालीलाई ठुलो मद्धत पु¥याईरहेको बताउनुभएको छ ।

देशकै दोस्रो ठूलो २२०/१३२ केभी न्यू खिम्ती सबस्टेशनको उद्धघाटन गर्दै निर्देशक घिसिङले यस्तो बताउनुभएको हो । उहाँले तामाकोशी आयोजना निर्माणको सफलताबाट भविष्यमा ठूला आयोजनाहरु स्वदेशी लगानी र व्यवस्थापनमा निर्माण गर्न सकिने अनुभव, आँट र दक्षता प्राप्त भएको बताउनुभयो । अनेकौँ कठिनाई बेहोर्दै माथिल्लो तामाकोशी आयोजनाको निर्माण सम्पन्न भएसँगै यसबाट जलबिद्युत र समग्र आर्थिक क्षेत्रको विकासमा एक ऐतिहासिक उपलब्धि प्राप्त भएको निर्देशक घिसिङको भनाई छ ।

उहाँले माथिल्लो तामाकोशी आयोजनाको छेउमा निर्माणाधीन २० मेघावाटको रोल्वालिङ खोला हाईड्रोपावरबाट उत्पादित बिद्युत पनि तामाकोशीमा मिसाउने योजना रहेको बताउनुभयो । उहाँका अनुसार रोल्वालिङ खोलालाई माथिल्लो तामाकोशीमा मिसाएर सुख्खायाममा करिब २२ करोड युनिट र २० मेघावाटको आयोजनाबाट थप १० करोड गरी जम्मा ३२ करोड युनिट बिद्युत उर्जा थप हुनेछ ।