images
images

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिन्धुलीमा

  • ५ चैत्र २०७८, शनिबार १३:५९

सिन्धुली । निर्वाचन अभियानमा रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज सिन्धुली आउनु भएको छ ।

सदरमुकाम सिन्धुलीमाडिमा पार्टी कार्यालय उद्धघाटनका लागि उहाँ आज सिन्धुली आउनुभएको हो । प्रचण्डका प्रमुख स्वकिय सचिव रमेश मल्लका अनुसार प्रचण्डले कार्यक्रम उद्धघाटनपछि पार्टीका जिल्लास्थित नेताकार्यकर्तालाई निर्वाचनमा जुट्न निर्देशन दिनुहुनेछ । यसअघि प्रचण्ड सिन्धुलीमा नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकाय जिल्ला अधिबेशन उद्घाटन समारोहमा सहभागी हुनुभएको थियो । अध्यक्ष प्रचण्ड फागुनको तेस्रो साता सम्पन्न केन्द्रिय कमिटी बैठकपछि देशव्यापी निर्वाचन अभियानमा हुनुहुन्छ ।