images
images

गणतन्त्रको विरुद्धमा भइरहेका गतिविधि रोक्न एकजुट हुन प्रचण्डको आग्रह

  • ५ चैत्र २०७८, शनिबार १६:५४

सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डले गणतन्त्र र राजनीतिक परिवर्तनको विरुद्धमा भइरहेका गतिविधि रोक्नका लागि एकजुट हुन आग्रह गर्नुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ कटाक्ष गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गणतन्त्र विरोधी शक्तिहरु अझै पनि संविधान उल्टाउने खेलमा रहेको भन्दै एकजुट हुन आग्रह गर्नुभएको हो । सिन्धुलीमा पार्टी कार्यालयको नवनिर्मित भवन उद्धघाटन कार्यक्रममा बोल्दै उहाँले एमाले अध्यक्ष ओली अहिले पनि गणतन्त्र र परिवर्तनको विरुद्धमा लागेको बताउनुभयो । गणतन्त्र र राजनीतिक परिवर्तनको विरुद्धमा भइरहेका गतिविधि रोक्नका लागि माओवादी, कांग्रेस र अन्य वामपन्थी दलहरु एकजुट हुनुपर्ने उहाँको भनाई छ ।

अध्यक्ष प्रचण्डले संविधानको समावेशी र समानुपातिकता, दलित, महिला, मधेसी, आदिवासी जनजाति, उत्पीडित, मजदुर, किसानले मौलिक अधिकार पाएको तथा राज्यका निकायमा उनीहरुको प्रतिनिधित्व भएको नरुचाएकाहरुले मुकलुकमा अस्थिरता ल्याउन खोजेको बताउनुभयो ।