images
images

म्यादी प्रहरीमा दोलखा र रामेछापका १५ सय ८० जनाका लागि आवेदन खुल्दै

  • ५ चैत्र २०७८, शनिबार २०:१२

जिरी (दोलखा) । म्यादी प्रहरीमा दोलखा र रामेछापका १५ सय बेरोजगार व्यक्तिले रोजगारी पाउने भएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दोलखा र रामेछापका १ हजार ५ सय ८० जनाले म्यादी प्रहरीमा रोजगारी पाउने भएका हुन् । जसअनुसार दोलखामा ७ सय ९५ जनाले निर्वाचन सम्पन्न नहुन्जेलसम्मका लागि रोजगारी पाउनेछन् भने रामेछापमा ७ सय ८५ जनाले म्यादी प्रहरीमा रोजगारी पाउनेछन् ।प्रहरी प्रधान कार्यालयको सूचना अनुसार जिल्ला प्रहरी दोलखा र रामेछापले म्यादी प्रहरी छनोट गर्नेछ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक दिवश बस्नेतले दोलखाबाट ७ सय ९५ जना म्यादी प्रहरी छनोट गरिने बताउनुभयो । उहाँका अनुसार जिल्लामा भोली अर्थात चैत ६ गतेदेखि १३ गतेसम्म म्यादी प्रहरीका लागि आवेदन खुल्नेछ ।

दोलखामा ७ सय ९५ जनाले निर्वाचन सम्पन्न नहुन्जेलसम्मका लागि रोजगारी पाउनेछन् भने रामेछापमा ७ सय ८५ जनाले म्यादी प्रहरीमा रोजगारी पाउनेछन् ।प्रहरी प्रधान कार्यालयको सूचना अनुसार जिल्ला प्रहरी दोलखा र रामेछापले म्यादी प्रहरी छनोट गर्नेछ ।

यस्तै, रामेछापमा ७ सय ८५ जना म्यादी प्रहरीको छनोट गरिने जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले बताउनुभयो । रामेछाप प्रहरीले भोली देखि ८ गतेसम्म आवेदन माग गरेको छ । प्रहरी प्रधान कार्यालयका निर्देशन अुनसार आवेदन लिएर चैत्र १३ गतेबाट भर्ना छनोट गरी २२ गते अन्तिम नतिजा सार्वजनिक गरेर चैत २८ गतेबाट तालिम सुरु गरिने डिएसपी थिङले बताउनुभयो ।

म्यादी प्रहरीले ४३ हजार ४ सय ४० रुपैयाँ एकमुष्ट तलब भक्ता पाउने छन् । म्यादी प्रहरी भर्ना गर्दा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा काम गरी पेन्सन वा उपदान प्राप्त गरिरहेका पूर्वसुरक्षाकर्मीलाई पहिलो प्राथमिकता दिइने बताइएको छ । मापदण्ड अनुसार म्यादी प्रहरी हुन १८ वर्ष पूरा गरी ५४ वर्ष ननाघेको हुनुपर्नेछ भने साधारण लेखपढ गर्न जान्ने र कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएको छ ।