images
images

जिरी क्याम्पसमा स्ववियु निर्वाचन सुरु

  • ५ चैत्र २०७९, आईतवार १०:३७

जिरी (दोलखा) । दोलखाको जिरी नगरपालिकास्थित जिरी क्याम्पसमा स्ववियु निर्वाचन सुरु भएको छ ।

विहान करिब १० बजेदेखि जिरी क्याम्पसमा मतदान सुरु भएको हो । स्ववियु निर्वाचनका लागि जिरी क्याम्पस जिरीबाट सभापतिमा गठबन्धनको तर्फबाट समाजवादी निकट विद्यार्थी संगठनका विनोद बस्नेत र नेकपा एमाले निकट विद्यार्थी संगठनबाट ज्योति खड्का प्रतिस्पर्धामा छन् । गठबन्धनको तर्फबाट सचिवमा लिला जिरेल, कोषाध्यक्षमा दुर्गा जिरेल र सदस्यहरुमा अनुज खत्री, निसा जिरेल र शंकर श्रेष्ठ तथा समानुपातिकतर्फ प्रमिला नेपाली, राजेश खड्का र अन्जु बस्नेत उम्मेदवार रहेका छन् ।

जिरी क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुको तर्फबाट सभापतिमा ज्योति खड्का, सचिवमा आङदावा शेर्पा, कोषाध्यक्षमा लक्ष्मी कार्की, सदस्यहरुमा आकृति खड्का, कुशल कार्की र सरोज कुमार जिरेल प्रतिस्पर्धामा छन् ।