images
images

जिरी क्याम्पसको स्ववियू सभापतिमा अनेरास्ववियूकी ज्योती र सचिवमा अखिल क्रान्तिकारीका लिला बिजयी

  • ५ चैत्र २०७९, आईतवार १५:१६

जिरी (दोलखा) । दोलखाको जिरीस्थित जिरी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न भएको छ ।

निर्वाचनबाट सभापतिमा एमाले निकट नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट ज्योति खड्का निर्वाचित भएकी छन् । उनले २ मतान्तरले गठबन्धनका उम्मेदवार विनोद बस्नेत पुजनलाई पराजित गरेकी छन् । सचिव पद बाहेक एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्यानलनै विजयी भएको छ । कोषाध्यक्षमा लक्ष्मी कार्की, सदस्यहरुमा आकृति खड्का, कुशल कार्की, सरोज कुमार जिरेल विजयी भएका छन् ।

सचिव र समानुपातिकमा अखिल क्रान्तिकारी विजयी

यस्तै, सचिवमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लिला जिरेल विजयी भएका छन् । उनले एमाले निकट विद्यार्थी संगठनबाट उम्मेदवार बनेका आङदावा शेर्पालाई पराजित गरेका छन् । जिरेल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठनबाट उम्मेदवार बनेका थिए । यसैगरी समानुपातिकतर्फ अनेरास्ववियुले २६, अखिल क्रान्तिकारीले १० र अनेरास्ववियु समाजवादीले ८ मत प्राप्त गरेका छन् । यो सँगै सबैभन्दा बढी मत पाउने अनेरास्ववियुले अब उपसभापति पाउनेछ भने दोस्रो ठूलो मत प्राप्त गरेको अखिल क्रान्तिकारीले सहसचिव पाउनेछ । अखिल क्रान्तिकारीबाट समानुपातिक सदस्यमा प्रमिला नेपाली मात्रै रहेकाले उनी अब स्ववियु जिरी क्याम्पसको सहसचिव बन्नेछिन् । यसैगरी ८ मत प्राप्त गरेको अनेरास्ववियु समाजवादीले एउटा सदस्य पाउनेछ ।