images
images

प्रताप स्मृति कलेजको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका अर्याल विजयी

  • ५ चैत्र २०७९, आईतवार १६:४७

दोलखा । दोलखाको सिंगटीमा रहेको प्रताप स्मृति कलेजको सभापतिमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका रुपेश अर्याल दोब्बर मतले निर्वाचित भएका छन् ।

एमाले निकट विद्यार्थी संठगठन अनेरास्ववियुका बालकृष्ण ओलीलाई दोब्वर मतान्तरले पराजित गर्दै अखिल क्रान्तिकारीका अर्याल प्रताप स्मृति कलेजको सभापतिमा निर्वाचित भएका हुन् । अर्यालले ६३ मत प्राप्त गरेका छन् भने ओलीले जम्मा ३२ मत मात्रै पाएका छन् । अर्याल र ओलीबीचको मतान्तर ३१ छ । स्ववियु निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एकिकृत समाजवादी निकट अनेस्ववियुबीच गठबन्धन भएको थियो । सचिवमा गठबन्धनको तर्फबाट नेविसंघका उम्मेदवार गुप्तराज मैनाली निर्वाचित भएका छन् । उनले ६३ मत पाएका छन् भने प्रतिद्धन्द्धी एमाले निकट अनेरास्ववियुका कुलदिप पाण्डे ३३ मत पाएका छन् ।

यस्तै कोषाध्यक्षमा गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीकी लक्ष्मी ओली निर्वाचित भएकी छिन् । उनले ६८ मत प्राप्त गरेकी छिन् भने कोषाध्यक्षमा पराजित भएकी एमाले निकट अनेरास्ववियुकी सन्तु जिरेलले ३० मात्रै पाएकी छिन् । सदस्यमा गठबन्धनको तर्फबाट हितबहादुर तमाङ, राजन नेपाली र सृष्टि पाण्डे निर्वाचित भएका छन् । प्रताप स्मृति कलेजमा गठबन्धनको प्यानल नै विजयी भएको हो ।