images
images

कर्मचारी अभावले स्थानीय तहको काम प्रभावित, विकासमा डुव्लिकेसनः जिसस प्रमुख

  • ५ चैत्र २०७९, आईतवार १९:४४

दोलखा । दोलखाका स्थानीय तहमा कर्मचारी अभाव र छोटो समयमै काज सरुवा भएर जाने प्रवृत्तिले विकास निर्माण र प्रशासनिक सेवा प्रभावित भएको छ ।

जिल्ला समन्वय समिति दोलखाले जिल्लाका ९ वटै स्थानीय तहको अनुगमनपछि आज प्रतिवेदन सार्वजनिक गर्दै कर्मचारी अभाव र छोटो समयमै कर्मचारीको सरुवा हुँदा समस्या भएको बताएको हो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले आज अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै स्थानीय तहका कर्मचारीको छोटो समयमै काज सरुवा हुने, पुनः अर्को कर्मचारी माग गर्दा कठिनाई हुने तथा एउटै कर्मचारीले धेरै शाखा हेर्नु पर्ने अवस्थाका कारण सेवा प्रभावकारी हुन नसकेको बताउनुभयो ।

प्रतिवेदनमा संघ, प्रदेश र स्थानीय तहका आयोजनाहरु कतिपय एकै प्रकृतिका देखिएको, पोषण, पूर्वाधार, कृषि , तालिम, गोष्ठि लगायतका कार्यक्रममा दोहोरोपन देखिएको उल्लेख छ । यस्तै जिल्लाभित्र एकिकृत कार्यालय नहुँदा जनताले सेवाका लागि विभिन्न जिल्लामा धाउनुपर्ने बाध्यताका कारण दोलखामा संघीयताको मर्म अनुसार जनताको नजिकसम्म सरकारको अनुभुति हुन नसकेको विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दोलखाका स्थानीय तहमा कर्मचारी अभाव र छोटो समयमै काज सरुवा भएर जाने प्रवृत्तिले विकास निर्माण र प्रशासनिक सेवा प्रभावित भएको छ । जिल्ला समन्वय समिति दोलखाले जिल्लाका ९ वटै स्थानीय तहको अनुगमनपछि आज प्रतिवेदन सार्वजनिक गर्दै कर्मचारी अभाव र छोटो समयमै कर्मचारीको सरुवा हुँदा समस्या भएको बताएको हो । जिल्लाभित्र एकिकृत कार्यालय नहुँदा जनताले सेवाका लागि विभिन्न जिल्लामा धाउनुपर्ने बाध्यताका कारण दोलखामा संघीयताको मर्म अनुसार जनताको नजिकसम्म सरकारको अनुभुति हुन नसकेको विषय प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसका साथै एनजिओहरुले स्थानीय तहसँग समन्वय नगर्दा एनजिओ र स्थानीय तहका कार्यक्रम दोहोरिने, अन्तर सरकारी निकायबीच समन्वयको कमी हुँदा सडक, विद्युत, खानेपानी र टेलिकममा समेत समस्या भएको तथा स्थानीय तवरमा गरिने विकास निर्माणका योजनाहरुमा राजनितिक रुपमा कतिपय स्थानमा देखा परेका विवाद लगायतले योजना कार्यान्वयनमा समस्या भएको जिससले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच, दोलखामा सञ्चालित १० वटा क्रसर उद्योग मध्ये अधिकांश क्रसर उद्योग इजाजत नलिई सञ्चालनमा रहेको पाइएको छ । जिससले गरेको अनुगमनका क्रममा अधिंकाश क्रसर उद्योग इजाजत नलिई र नविकरण नगरी सञ्चालन गरेको पाइएको हो । जिल्लामा सञ्चालित ढुंगा, गिट्टी, वालुवा लगायतका नदिजन्य पदार्थ उत्खनन गर्दा मापदण्ड पालना नभएको अनुगमनमा क्रममा पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ । जिससले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा जथाभावी नदिजन्य पदार्थ उत्खनन गर्ने एउटा स्काभेटर र अवैध रुपमा चप्लेटी ढुंगा ओसारपसार गर्ने दुई वटा ट्रकलाई कारवार्ही गरेको छ ।

वैतेश्वर गाउँपालिका वडा नम्बर ६ स्थित खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने स्काभेटरलाई एक लाख जरिवाना गरिएको छ भने वैतेश्वर गाउँपालिका वडा नम्बर ४ बाट अवैध रुपमा चप्लेटि ढुंगा लोड गरी काठमाडौं लैजान लागेका दुई वटा ट्रिपरलाई २५ हजार जरिवाना गरिएको जिल्ला समन्वय समिति दोलखाले जनाएको छ ।