images
images

दोलखामा एसईईको तयारी पुरा, प्रश्नपत्र र उत्तरपुस्तिका बिद्यालयमा पुग्यो

दोलखा । दोलखामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पुरा भएको छ ।

यही चैत्र ७ गते भोलीबाट सुरु हुने एसईई परीक्षाको तयारी पुरा भएको हो । एसईईको लागि प्रश्नपत्र र उत्तरपुस्तिका सम्बन्धित बिद्यालयमा पठाईसकिएको शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका प्रमुख भरत भट्टराईले जानकारी दिनुभयो । उहाँले केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष सम्बन्धित बिद्यालयमा खटिसकिएको बताउनुभयो । ईकाई प्रमुख भट्टराईले एसईई परीक्षालाई व्यवस्थित, मर्यादित, निश्पक्ष, भयरहित र शान्तिपुर्ण वातावरणमा सञ्चालन गर्न सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

उहाँका अनुसार परीक्षामा अमर्यादित क्रियाकलाप हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको छ । परीक्षामा सहभागी सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुले एसईई परीक्षालाई डर त्रासका रुपमा नलिई आफुले सिकेका कुराहरु व्यवस्थित ढङ्गबाट प्रस्तुत गर्न समेत ईकाई प्रमुख भट्टराईले आग्रह गर्नुभएको छ ।

दोलखामा एसईईका लागि १७ वटा परीक्षा केन्द्र तोकिएको छ । चैत ७ गतेबाट सुरु हुने एसईईमा दोलखाबाट ८४ वटा सामुदायिक, १२ वटा संस्थागत र एउटा खुला बिद्यालय गरी ९६ वटा विद्यालयका २ हजार ८३२ परिक्षार्थी सहभागी हुँदैछन् । भोलीबाट सुरु भएर १९ गते सम्पन्न हुने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।