images
images

दोलखाको वैतेश्वरका युवक लागुऔषध सहित काठमाडौँमा पक्राउ

काठमाडौँ । दोलखाका एक सहित दुई जनालाई लागु पदार्थसहित प्रहरीले काठमाडौँमा पक्राउ गरेको छ ।

दोलखाको वैतेश्वर गाउँपालिका–८ घर भई हाल बुढानिलकण्ठ–९ बस्ने मनिष भुजेललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भुजेलसँगै अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । उनको भने पहिचान खुलाईएको छैन । लागुऔषध ओसार पसार तथा कारोबार भईरहेको भन्ने गोप्य सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट प्रहरीले खैरो हेरोईन जस्तो देखिने पदार्थ २२ ग्राम र लागुऔषध गाँजा जस्तो देखिने वस्तु ५ सय ग्राम बरामद गरेको छ । साथै नगद २९ हजार र एक थान डिजिटल तराजु पनि बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी पसिसर भद्रकाली पठाईएको छ ।