धनगढी । कैलालीमा एक युवकले श्रीमतीको हत्या गरेपछि आफै माथि गोली प्रहार गरेका छन् ।
गोदावरी नगरपालिका–४ अमलेशैनी ३१ वर्षीय रामबहादुर मगरले जंगलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरेका हुन् । मृतक संजिताको शव घटनास्थलमै रहेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले विवाद भएपछि रामबहादुरले आफूसँग रहेको भरुवा बन्दुकले श्रीमतीलाई गोली हानी हत्या गरेको जानकारी दिएका छन् ।
श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैंलाई पनि गोली हानेको प्रहरीको भनाइ छ । घाइते भएका रामबहादुरको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
रामवहादुरले श्रीमतीको हत्या गर्नुका कारण खुल्न सकेको छैन । घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको डीएसपी तिमिल्सिनाले बताए ।



हाम्रो अपडेट 






