images
images

अस्तित्व समाप्त हुने गरी चुनावी तालमेल नहुने माओवादी केन्द्रका नेता लामाको भनाई

  • ६ बैशाख २०७९, मंगलवार ०९:२८

दोलखा । नेकपा माओवादी केन्द्रको तर्फबाट दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा प्रस्तावित उम्मेदवार शंकर लामाले गठबन्धनसँग सिट बाडफाँडको नाममा अस्तित्व समाप्त हुने गरी सहमति गर्न नसक्ने बताउनुभएको छ ।

हाम्रो रेडियोको कार्यक्रम स्थानीय तह निर्वाचन विशेषमा कुराकानी गर्दै दोलखा माओवादीका संस्थापक नेता एवम् मेलुङ गाउँपालिकाको अध्यक्षमा प्रस्तावित उम्मेदवार लामाले स्थानीय तह निर्वाचनमा लचकताको नाममा अस्तित्व समाप्त हुने गरी सहमति गर्न नसक्ने बताउनुभएको हो । माओवादी पछाडि हटेर होस् वा अगाडि बढेर होस् सहमति जुटाउन तयार भएको तर सहमति गर्न लचकताको नाममा आफ्नोे अस्तित्व समाप्त गर्न नसक्ने उहाँको भनाई छ । नेता लामाले सहमति गर्न माओवादी बाधक नभएको र लचकता अपनाएर भएपनि सहमति गर्ने पक्षमा रहेको बताउनुभयो । त्यति गर्दापनि गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र एकीकृत समाजवादीसँग चुनावी तालमेल हुन नसकेमा एक्कलै निर्वाचन लड्न आफुहरु तयारी अवस्थामा रहेको नेता लामाको भनाई छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा प्रस्तावित उम्मेदवार शंकर लामाले गठबन्धनसँग सिट बाडफाँडको नाममा अस्तित्व समाप्त हुने गरी सहमति गर्न नसक्ने बताउनुभएको छ । नेता लामाले सहमति गर्न माओवादी बाधक नभएको र लचकता अपनाएर भएपनि सहमति गर्ने पक्षमा रहेको बताउनुभयो । त्यति गर्दापनि गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र एकीकृत समाजवादीसँग चुनावी तालमेल हुन नसकेमा एक्कलै निर्वाचन लड्न आफुहरु तयारी अवस्थामा रहेको नेता लामाको भनाई छ ।

निर्वाचनमा हार र जितको सवाल नहुने भन्दै उहाँले आफ्नो पार्टीको एजेण्डा लिएर जाने गठबन्धन भएसम्म मिलेर जाने नभएमा माओवादी एक्लै निर्वाचन लडेपनि राम्रो मत लिएर केही पालिकामा जित हासिल गर्ने दावी गर्नुभयो । जिल्लामा शालिन, त्यागरी र एमान्दार नेताका रुपमा परिचित मेलुङ गाउँपालिकाको अध्यक्षमा प्रस्तावित उम्मेदवार लामाले मेलुङ गाउँपालिकामा आफुले निश्चित रुपमा जित हासिल गर्ने दावी गर्नुभएको छ । सो पालिकामा माओवादी सशक्त रुपमा प्रस्तुत भएको र संगठन राम्रो रहेकाले  माओवादी कमजोर भएको कुरा गलत भएको उहाँको भनाई छ ।

चुनावी तालमेलको विषयमा छलफलमा भइरहँदा केही कुराको निजोड निस्केको तर संख्याको कुरा नमिलेकाले अलि ढिलो भएको उहाँले स्वीकार गर्नुभयो । सहमतिका लागि आफ्नो हैसियत अनुसारको दावी गर्ने कुरा सबै दलको उचित नभएको बताउँदै नेता लामाले सहमतिको सम्भावना नटरेको र जसरी पनि सहमित हुने जिकिर गर्नुभयो । जिल्लामा कांग्रेसको संगठन बलियो नभई सत्तागठबन्धन दलमध्येको प्रमुख दल भएकाले धेरै स्थानीय तहमा दावी गर्ने कुरा स्वभाविक भएको तर मिलन बिन्दमा पुग्न सबै दलले आ–आफ्नो हैसियत अनुसारको दावी गर्नुपर्ने उहाँको भनाई छ ।