images
images

दोलखामा एसईईको तयारी पुरा, १९ केन्द्राध्यक्ष तोकियो

  • ६ बैशाख २०७९, मंगलवार १६:०५

जिरी (दोलखा) । दोलखामा शुक्रबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पुर्ण तयारी पुरा भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जिल्लामा यहि बैशाख ९ गते अर्थात शुक्रवादेखि सञ्चालन हुने एसईई परिक्षाको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । यसअघि एसईईका लागि १९ परिक्षा केन्द्र तोकिसकिएको दोलखामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष नियुक्त गरिसकिएको छ । जिल्लाभरका १९ परिक्षा केन्द्रका लागि १९ केन्द्राध्यक्ष नियुक्त गरिएको शिक्षा विकास तथा समन्वय इकाई दोलखाका प्रमुख शंकरबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरुलाई हिजो नियुक्ती पत्र दिइएको छ । परिक्षाका लागि प्रश्नपत्र पनि पालिकाहरुमा पठाइ सकिएको प्रमुख श्रेष्ठले बताउनुभयो । माध्यमिक शिक्षा परिक्षा एसईईका लागि दोलखामा १९ वटा परिक्षा केन्द्र तोकिएको छ । जसमा एउटा परिक्षा केन्द्रमा बढीमा ९ वटा सम्म विद्यालयका परिक्षार्थीहरुले परिक्षा दिनेछन् । शिक्षा विकास तथा समन्वय ईकाई दोलखाका अनुसार सबै भन्दा बढी कालिनाग मावि सिंगटीमा ९ वटा विद्यालयका परिक्षार्थीले एसईई परिक्षा दिने छन् । कोरोना महामारीका कारण विगत ३ वर्षदेखि माध्यमिक शिक्षा परिक्षा प्रभावित हुन पुगेको थियो ।

कोरोना माहामारी कम भएसँगै यो वर्ष भने परिक्षा केन्द्रबाटै एसईईको परिक्षा सञ्चालन गर्न लागिएको छ । दोलखामा यो वर्षको एसईई परिक्षामा ३ हजार १ सय २४ जना परिक्षार्थी सहभागी हुदैछन् । जसमा १ हजार ६ सय १७ जना छात्रा र १ हजार ५ सय ७ जना छात्र रहेका छन् ।