images
images

दोलखामा अझै टुंगिएन उम्मेदवार, बनेन चुनावि माहोल

  • ६ बैशाख २०७९, मंगलवार १६:१४

दोलखा । स्थानीय तहको निर्वाचन आउन २४ दिन मात्रै बाँकी रहँदा दोलखामा चुनावी माहौल सुस्ताएको छ ।

सत्तारुढ दल पाँच दलीय गठबन्धनबिच सहमति नहुदाँ जिल्लामा चुनावी माहौल तात्न नसकेको हो । गठबन्धन बिचको अस्वभाविक दाबी र आशंकाका कारण जिल्लामा चुनाव केन्द्रिकृत कार्यक्रम समेत अघि बढ्न सकेको छैन । स्थानिय तहको निर्वाचन आउन २४ दिन र मनोनय दर्ता गर्ने मिती आउन जम्मा ४ दिन मात्रै बाँकी छ । तर पनि दलहरुबिच सहमति नजुट्दा स्थानिय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरुको टुंगो लाग्न सकेको छैन भने चुनावी राजनितिक माहौल अघि बढ्न सकेको छैन । आसन्न स्थानिय तह निर्वाचनका लागि माओवादीले केही पालिकामा सर्वसम्मत उम्मेदवार घोषणा गरेको छ भने कांग्रेसले   एउटा पालिकाको उम्मेदवार टुंग्याएको छ ।

एकीकृत समाजवादी र नेकपा एमालेले भने उम्मेदवारको नाम समेत टुंग्याएका छैनन् । नेकपा माओवादी केन्द्रले दोलखाका ६ स्थानिय तहमा अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ । माओवादीले बैतेश्वर गाउँपालिकाको अध्यक्षमा लक्ष्मण खड्का, तामाकोशीमा सन्तोष केसी, मेलुङमा शंकर लामा, कालिञ्चोकमा कुल बहादुर बुढाथोकी, गौरीशंकर गाउँपालिकाको अध्यक्षमा विश्वास कार्की र विगु गाउँपालिकाको अध्यक्षका लागि सञ्जिव ओलीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । अन्य पालिकाको उम्मेदवार छनोटका लागि आन्तरिक तयारी भइरहेको नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुल बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्वाचन आउन २४ दिन मात्रै बाँकी रहँदा दोलखामा चुनावी माहौल सुस्ताएको छ । दलहरुबिच सहमति नजुट्दा स्थानिय तहका प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरुको टुंगो लाग्न सकेको छैन भने चुनावी राजनितिक माहौल अघि बढ्न सकेको छैन । घोषणा गरेका उम्मेदवारले समेत गठबन्धनको निर्णय पर्खनुपर्ने बाध्यता छ भने निर्वाचन केन्द्रित कार्यक्रम र प्रचारप्रसार अभियानलाई अघि बढाउन सकेका छैनन ।

यस्तै नेपाली कांग्रेसले भीमेश्वर नगरपालिकाको नगरप्रमुखमा ईश्वर नारायण मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।नेपाली कांग्रेसका सभापति बर्मा लामाले निर्वाचनका लागि अन्य स्थानिय तहमा कसलाई उम्मेदवार बनाउँदा उचित हुन्छ भन्ने विषयमा छलफल भइरहेको बताउनुभयो । कांग्रेसले आन्तरिक रुपमा उम्मेदवार टुंगो लगाइसकेको र वैशाख १० गते मात्रै सार्वजनिक गर्ने तयारी रहेको उहाँले बताउनुभयो । नेकपा एकीकृत समाजवादी र नेकपा एमालेले भने कुनै पनि स्थानिय तहको उम्मेदवार टुंग्याएका छैनन् । नेकपा एकीकृत समाजवादीले पनि स्थानिय तह निर्वाचनका लागि हालसम्म उम्मेदवार टुंग्याउन सकेको छैन । राष्ट्रिय रुपमा गठबन्धन गरेर जाने तयारी भइरहेकाले गठबन्धनको निर्णय पछि मात्रै उम्मेदवार टुग्याउने नेकपा एकीकृत समाजवादी दोलखाका पार्टी सचिव प्रोणप्रताप केसीले जानकारी दिनुभयो । यद्धपी उम्मेदवार छनोटको आन्तरिक तयारीमा जुटिरहेको उहाँको भनाई छ ।

यता, नेकपा एमालेलाई भने उम्मेदवार चयन गर्न निकै सकस परेको छ । एमालेले हालसम्म कुनै पनि स्थानिय तहको उम्मेदवार टुंग्याउन सकेको छैन । बैतेश्वर गाउँपालिकाका लागि उम्मेदवारको नाम टुंग्याएको चर्चा भएपनि उनीहरुबिच सहमति भने हुन बाँकी रहेको एमाले दोलखाले जनाएको छ । धेरै आकांक्षी देखिएका कारण उम्मेदवारको नाम टुंग्याउन पालिका कमिटीलाई जिम्मेवारी दिएको नेकपा एमाले दोलखाका पार्टी सचिव हिरा थोकरले जानकारी दिनुभयो । उहाँका अनुसार पालिका कमिटीले भोलीसम्म उम्मेदवारको नाम जिल्ला कमिटीमा पेस गर्नेछन् भने ७ गते बस्ने जिल्ला कमिटीको बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउनेछ । गठबन्धन दलहरु एक भएर जाने भएपछि नेकपा एमाले यतिखेर पर्ख र हेरको रणनितीमा लागेको छ । एक्लै निर्वाचन लड्दा धेरै स्थानमा हार व्यहोर्ने निश्चित जस्तै भएपछि एमालेले दोलखामा गठबन्धन दलको निर्णय कुरिरहेको छ ।

नेकपा एमालेलाई भने उम्मेदवार चयन गर्न निकै सकस परेको छ । एमालेले हालसम्म कुनै पनि स्थानिय तहको उम्मेदवार टुंग्याउन सकेको छैन । गठबन्धन दलहरु एक भएर जाने भएपछि नेकपा एमाले यतिखेर पर्ख र हेरको रणनितीमा लागेको छ । एक्लै निर्वाचन लड्दा धेरै स्थानमा हार व्यहोर्ने निश्चित जस्तै भएपछि एमालेले दोलखामा गठबन्धन दलको निर्णय कुरिरहेको छ ।

 सत्तारुढ गठबन्धनले पनि हालसम्म चुनावी खाका बनाएको छैन । जसका कारण घोषणा गरेका उम्मेदवारले समेत गठबन्धनको निर्णय पर्खनुपर्ने बाध्यता छ भने निर्वाचन केन्द्रित कार्यक्रम र प्रचारप्रसार अभियानलाई अघि बढाउन सकेका छैनन । माओवादीले झ्याकु, जिरी र शैलुङमा चुनाव केन्द्रित कार्यक्रम गरेको छ भने बैतेश्वरमा पनि  चुनाव केन्द्रित कार्यक्रम गरिरहेको माओवादी केन्द्र दोलखाले जनाएको छ । नेपाली कांग्रेस, एकीकृत समाजवादी र एमालेले भने साना ठुला कुनै पनि चुनाव केन्द्रित कार्यक्रम गर्न सकेका छैनन । उम्मेदवार नै नटुंगिएका कारण चुनाव केन्द्रिय कार्यक्रमले माहोल तात्न नसकेको हो ।