images
images

सर्वोच्चको निर्णयः मनोनयनअघि जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

  • ६ बैशाख २०७९, मंगलवार १६:५९

काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका लागि बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ ।

सर्वोच्च अदालतले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । न्यायधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गरेको प्राव्धानलाई कार्यानवयन गर्न बाटो खुलाएको हो ।