images
images

माओवादी केन्द्रले जिरी नगरपालिकामा टुङ्गो लगायो ४ वडा अध्यक्षका उम्मेदवार

  • ६ बैशाख २०७९, मंगलवार १७:५७

जिरी (दोलखा) । नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीले निर्वाचन परिचालन समिति गठन गरेको छ ।

माओवादी केन्द्र जिरी नगरकमिटीको हिजो बसेको बैठकले नगर इन्चार्ज तेजबहादुर गोलेको संयोजकत्वमा ७ सय १ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा निर्वाचनलाई लक्षित गरी निर्वाचन परिचालन समिति गठन गरिएको माओवादी केन्द्र जिरी नगरकमिटीका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिनुभयो ।

चुनावी अभियानको क्रममा जिरी नगरकमिटीले हालसम्म ४ वटा वडामा वडाध्यक्षको उम्मेदवार सर्वसम्मत सिफारिस गरिसकेको छ । जसमा वडा नम्बर १ मा वडाध्यक्षको उम्मेदवारमा साङगे शेर्पा, २ मा निमपाल्दे शेर्पा, वडा नम्बर ३ मा खेटराज घिमिरे र ८ मा कृष्ण कुमार खत्री (राम) लाई अघि सारिएको छ ।

आज वडा नम्बर ८ को उम्मेदवार तय गरेसँगै ४ वटा वडामा उम्मेदवार सर्वसम्मत तय गरिसकिएको नेकपा माओवादी केन्द्र जिरी नगर कमिटीले जनाएको छ ।