images
images

स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगियो

  • ६ बैशाख २०८०, बुधबार १०:१६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि आज भारत लगिएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जबाट रिफर गरेर राष्ट्रपति पौडेललाई भारतको राजधानी नयाँ दिल्ली लगिएको हो । केहीबेर अघि त्रिवि शिक्षण अस्पतालबाट त्रिभुवन विमानस्थलतर्फ लगिएको जानकारी प्राप्त भएको राष्ट्रपतिका प्रेस सचिव किरण पोखरेलले दिनुभयो । राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत नयाँ दिल्ली लैजान लागिएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि हिजो साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । यसअघि पनि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।