images
images

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना अपडेटः मृतक चारै जनाको सनाखत

  • ६ बैशाख २०८३, आईतवार ०६:४२

भक्तपुर । सल्यानमा जन्ती बोकेको जिप दुर्घटनामा मृत्यु भएका चारै जना मृतकको सनाखत भएको छ ।

शनिबार बेलुकी जन्ती बोकेको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । जसअनुसार सल्यानको थाराकै ५२ वर्षीय टोपबहादुर थापा, ५२ वर्षीय ठगे घर्ती र २९ वर्षका कर्णबहादुर पुनको घटनास्थलमै र घाइते ३० वर्षीय मनबहादुर थापाको उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा घाइते भएका १४ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते भएका सबैलाई तत्काल उद्धार गरेर सुर्खेतको मेहलकुना अस्पताल लगिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिए।

बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरतिर जाँदै गरेको लु प्र ००१ ज ०२७१ नम्बरको जन्ती बोकेको जिप शनिबार साँझ साढे ५ बजे बनगाड कुपिण्डे–१२ धाइरेमा दुर्घटना भएको थियो ।

जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो।