images
images

आन्तरिक राजस्व विभागले भन्यो– २० करोड बढी कारोबार गरेमा विद्युतीय बिल अनिवार्य गर्नु

  • ६ बैशाख २०८३, आईतवार १२:१६

भक्तपुर । आन्तरिक राजस्व विभागले व्यवसायीले वार्षिक २० करोड रुपैयाँ भन्दा बढी कारोबार गरेमा अनिवार्य रुपमा विद्युतीय माध्यमबाट बिलबीजक जारी गर्नुपर्ने नयाँ निर्देशन जारी गरेको छ ।

विभागले नयाँ निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीलाई यो व्यवस्था लागू हुँदै आएको थियो।

विभागले जारी गरेको नयाँ सूचनाअनुसार कारोबारको प्रकृति अनुसार उपभोक्ता वा ग्राहकलाई प्रत्यक्ष रुपमा बीजक जारी नगर्ने बैंक र वित्तीय संस्था जस्ता निकायहरू बाहेक वार्षिक कारोबार २० करोड भन्दा बढी गर्ने सबै करदाताहरूले अनिवार्य विद्युतीय माध्यमबाट बीजक जारी गर्नुपर्ने छ।

तोकिएको सीमाभन्दा बढी कारोबार गर्ने कम्पनी अनिवार्य रुपमा केन्द्रीय बीजक अनुगमन प्रणालीमा आबद्ध हुनुपर्ने विभागले जनाएको छ।